भाद्र २९, काठमाडौं ।
नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्कि“दा तीन जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको ज्यान गएको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ । आज बिहान नवलपुरको गैँडाकोट स्मृति पुल नजिक का“कडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइते सबैको नया“ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।