भाद्र २८, काठमाडौं ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका अधिकारीकारीहरुले जनाएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउ“ठाउ“मा पहिरो जा“दा धेरै क्षति भएको छ । परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको हो । न्यान गुमाउनेमा पा“च जना बालबालिका र चारजना महिला छन् । सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी वर्षाले भारतीय उपमहाद्वीमा सि“चाइ गर्न र पानीको आपूर्ति पूरा गर्न सहयोग पुग्छ । तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तानलगायतका एसियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ । सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङले लाग्दा करिब १८ जनाको मृत्यु भएको थियो ।