भाद्र २८, काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजबाट सुरु हु“दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासंग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि फेब्रूअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । उक्त सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोड्दै नेपाल छैटौं स्थानमा रहेको छ ।