भाद्र २८, काठमाडौं ।
नेपाली कांग्रेसको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न संस्थापनइतर समूहको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय सानेपामा २ बजे बस्ने गरी बैठक बोलाउनुभएको छ । बैठकमा डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन गरिएको, २० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिएको लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह , कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु लगायत उपस्थित हुने जनाइएको छ । पौडेल पक्षले डडेल्धुरामा गरिएको वडा अधिवेशन वहिष्कार गरेको थियो ।