भाद्र २७, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ । छलफल र संवाद सकेर एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछ । गत बिहीबार भ्रमणमा नेपाल आएको एमसीसी टोलीले नेपालमा रह“दा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूस“ग भेटघाट गरेको थियो । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने नचाहिने टुंगो लगाउन आग्रह गरेको छ । सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिबिहिन देखिएको छ ।