भाद्र २७, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सन्जालमार्फत यो धारणा सार्वजनिक गर्नुभएको हो । प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उहा“को निधनमा श्रद्धाञ्जली प्रकट पनि गर्नुभएको छ । पेरुमा सशस्त्र क्रान्ति थालेका गोन्जाला आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आउनुभएको थियो । जेलमै ८६ वर्षको उमेरमा हिजो निधन भएको थियो । गोन्जालोले गाउ“ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गर्नुभएको थियो । सोही रणनीतिमा प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धमा पनि अपनाइएको थियो ।