भाद्र २७, काठमाडौं ।
अफगानिस्तानका सडक आसपास हक्कानी नेटवर्कका नेताहरूको तस्बिर टा“ग्न थालिएको छ ।
हक्कानी नेटवर्कका संस्थापक मुल्ला ओमार र उनका छोरा तालिबान सरकारका वर्तमान रक्षामन्त्री मुल्ला याकुबको तस्बिरसहितको होर्डिङ बोर्ड राखिएका हुन् । बीबीसीका संवाददाता सिकन्दर किरमानीले ट्विट गर्दै अफगानिस्तानको सडक छेउमा नया“ होर्डिङ बोर्डमा हक्कानी नेटवर्कका नेताहरुको तस्बिर टा“गिएको बताएका छन् । जलालुद्दीन हक्कानीका छोरा सिराजुद्दीन हक्कानी तालिबान सरकारमा गृहमन्त्री हुन । सिराजुद्दीन अमेरिकी एजेन्सी एफबीआईको मोस्ट वान्टेडको सूचीमा छन् उनी हक्कानी नेटवर्कका प्रमुख हुन् । हक्कानी नेटवर्क अमेरिकाको ‘आतंकवादी संगठन’को सूचीमा छ।