भाद्र २७, काठमाडौं ।
नेपालको महिला फुटबल टोलीले आज बंगलादेशसंग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । रोल…..
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसंग मैत्रीपूर्ण खेल खेलिरहेको हो । उज्वेकिस्तामा हुने छनोटको समूह ‘एफ’ मा नेपाल, फिलिपिन्स र हङकङ रहेका छन् भने बंगलादेश रहेको समूह ‘जी’ मा जोर्डन र इरान छन् । समूह विजेताले सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।