भाद्र २७, काठमाडौं ।
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजको संसद्अघि बोलाइएको बैठक दिउ“सो १२ बजे बस्दैछ । एमालेले पा“च दिनको अन्तरमा दोस्रो पटक बैठक बोलाएको हो । ससंदमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो । हिजो सम्पन्न स्थायी कमिटीले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरह“दा उहा“ले संसदको कारबाहीलाई अगाडि बढाउनुभएको छ । शुक्रबार मात्रै एमालेको अवरोधका बीच बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो ।