भाद्र २७, काठमाडौं ।
सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) बस्दैछ । बैठकमा मन्त्रिपरिषद विस्तार तथा संसदमा जारी प्रतिपक्षको अवरोधबारे छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपनि उहा“को मन्त्रिमण्डलमा अहिले ४ मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । गत बिहीबार र शुक्रबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समानवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । अहिले संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा नेकपा एमाले छ । एमालेले विभिन्न माग राखी संसद अवरोध गर्दै आएको छ ।