भाद्र २५, काठमाडौं ।
सप्तरीमा एकै दिन भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम राजबिराज नगरपालिका–५ मा पर्ने राजविराज–कुनौली सडकखण्डमा हिजो सा“झ विष्णुपुर तर्फ जा“दै गरेको ७ प ४४१० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आउ“दै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउ“पालिका–५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको छ । यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउ“पालिका–३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर हिजो सा“झ ज्यान गएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका – ३ कचन्दाहा बस्ने २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ ।