शुक्रबार देखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा मर्यादाक्रमलाई लिएर शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । शनिबार भएको बैठकमा नेताहरुबीच भएको वादविवादमा सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भएका थिए ।

देउवाले कुर्सीबाट उठेर पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेका थिए । नेताहरुले भने सभापतिले धर्यता गुमाएको बताएका छन् ।

चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव पेश गरे । कांग्रेस र प्रजातान्त्रिक एकता हुँदा पौडेलपछि भएकाले उनलाई यो वरियता दिनु पर्ने कार्कीको तर्क थियो ।
अरु नेताहरुको मर्यादाक्रम भने पछि निर्धारण गर्दै जाने उनको प्रस्ताव थियो ।

तर, नेता प्रकाशमान सिंह विरोध गरे । सबै नेताको वरियताको प्रस्ताव ल्याउनुपर्ने र केन्द्रीय कार्यसमितिले पास गरेपछि मात्र लागू गर्नु पर्ने उनको माग थियो ।

उनलाई समर्थन गर्दै नेता बलबहादुर केसीले बोले । देउवा पक्षका महेन्द्र यादवले प्रतिवाद गरेपछि हल्लाखल्ला भयो ।

नेताहरु वादविवाद गरिरहँदा देउवा सभापतिको आसनबाट उठेर सिंहतर्फ संकेत गर्दै ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेको एक नेताले सुनाए ।

झण्डै १० मिनेटपछि हल्लाखल्ला भएपछि नेताहरुले एकअर्कालाई सम्झाए र आआफ्नो स्थानमा बसे । यसबारे थप छलफल भएन र बैठक अघि बढेको थियो । एक नेताले भने, ‘नेताहरुबीच विवाद हुनु त स्वभाविक मान्न सकिएला तर, सभापति आफैं कुर्सीबाट उठेर बादविवाद गर्दा निकै नमज्जा लाग्यो ।’

कांग्रेसमा लामो समयदेखि मर्यादाक्रमको विवाद छ । आफ्नो मर्यादाक्रम नमिलेको भन्दै गोपालमान श्रेष्ठले बैठकमा उपस्थिति जनाउन हस्ताक्षर समेत गर्न छाडेका थिए । उनी पछिल्लो लाइनमा आएर बस्ने गरेका थिए । डा. रामशरण महत लगायतका नेताहरुले पनि मर्यादाक्रमप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

karelia houseукладка паркета цена