१९ विधेयक अब नयाँ प्रक्रियाबाटै

काठमाडौं, ११ चैत – अघिल्लो संसद्ले टुंग्याउन नसकेका डेढ दर्जन विधेयक फेरि सुरुकै प्रक्रियाबाट अघि बढाउनुपर्ने भएको छ । अन्य कानुनको मस्यौदासमेत नबनेको अवस्थामा निष्क्रिय रहेका विधेयक तत्काल प्रक्रिया अघि बढाएर संसद्लाई ‘बिजनेस’ दिन सकिने संसद् सचिवालयले सरकारलाई सुझाव दिएको छ ।

अब एक महिनापछि संसद्लाई सरकारले ‘बिजनेस’ दिनुपर्ने हुन्छ । त्यो अवधिसम्म एक महिनाभित्र नियमावली बनिसक्नेछ । त्यस्तै, संसदीय समितिहरू पनि गठन भइसक्नेछन् । यसअघिका सरकारले संसद्मा मस्यौदा दर्ता गरेका १९ विधेयक अन्तिम टुंगो नलागेकाले निष्क्रिय अवस्थामा छन् ।

‘अघिल्लो संसद्मा जुन अवस्थामा पुगे पनि अहिले ती विधेयक निष्क्रिय भइसकेका छन्,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘निष्क्रिय विधेयक अब फेरि नयाँ प्रक्रियाबाट अघि बढाउनुपर्ने हुन्छ ।’ १९ मध्ये राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयक र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक संसदीय समितिले पारित गर्न ‘फुल हाउस’ मा पेस नै गरिसकेको थियो । आजको कान्तिपुरमा खबर छ ।

смс мтс москвакак восстановить сообщения в вибере

Leave a Reply

Your email address will not be published. Required fields are marked *