भाद्र २२, काठमाडौं ।
अफगानिस्तानमा तालिवानीले सरकार घोषणा कार्यक्रममा सहभागिताका लागि ६ राष्ट्रलाई निमन्त्रणाा दिएको छ । तालिबानीले आफ्नो सरकार घोषणा समारोहमा सहभागी हुन टर्की, चीन, रुस, इरान, पाकिस्तान र कतारलाई बोलाएको हो । तालिबानले आफ्नो राम्रो सम्बन्ध भएको देशलाई निमन्त्रणमा दिएको हो । ट्रम्प कार्यकालमा भारत र अमेरिकाबीचको सम्बन्धमा सुधार आएको थियो तर पाकिस्तानसंग सम्बन्ध निकै बिग्रिएको थियो । इरानविरुद्ध अमेरिकाले कडा प्रतिबन्ध लगाएको छ । यस्तै चीन र रुससंग अमेरिकाको शीतयुद्ध जारी छ । तालिबानले चीन र रुससंग नजिकको सम्बन्ध राख्न चाहेको बताइसकेको छ । यस्तै टर्कीका राष्ट्रपति अर्दाेगन र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच सम्बन्ध पनि त्यति राम्रो मानिदैन ।