बारको भूमिकाले न्यायपालिका धरापमा’

नेपालगन्ज, ११ चैत – प्रगतिशील समूहका कानुन व्यवसायीले छुट्टै भेला गरी नेपाल बार एसोसिएसनको नेतृत्वको पछिल्लो भूमिकाले न्यायपालिका धरापमा परेको निष्कर्ष निकालेका छन् । उनीहरूले नेतृत्वकर्ताको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बहुमतको दम्भमा न्यायपालिकाको शिर निहुरिने कार्य गरेको आरोप लगाए ।

नेपालगन्जमा बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन जारी छ । मुलुकभरिबाट सहभागी हुन आएका प्रगतिशील समूहका कानुन व्यवसायीले शनिबार छुट्टै भेला गरी बार नेतृत्वकर्ताको चर्को आलोचना गरेका हुन् । उनीहरूले बारको पछिल्लो भूमिकाले न्यायपालिका धरापमा परेको दाबी गरे ।

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो जन्ममिति आफैंले सच्याएको र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग घटनामा बारका नेतृत्वकर्ताको कार्यशैली आपत्तिजनक रहेको उनीहरूको आरोप छ । आजको कान्तिपुरमा खबर छ ।

виза в грецию в сургутеcamera sex live

Leave a Reply

Your email address will not be published. Required fields are marked *