भाद्र २२, काठमाडौं ।
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १५६ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइ“दैछ । १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान र्पुयाउनुभएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभएको थियो । उहाले नेपालमा छापाखाना भित्र्याउनुभएको थियो । उहाका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्ल्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेका रामायणको पाण्डुलिपी खोजी गरी उहा“ले नै १९४१ सालमा प्रकाशन गराउनुभएको थियो ।