भाद्र २२, काठमाडौं ।
आज कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन । आज हिन्दुहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउदैछन् । हिन्दु विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर जजमानकहा र्पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरु कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । बाबुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी पनि भनिन्छ । आजको दिनमा छोराछोरीले परम्पराअनुसार आफना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्छन् । बाबु नहुनेहरु विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।