लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी

काठमाडौं, ११ चैत – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ-प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो। संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ। कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ। संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ।

कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८.६७ प्रतिशत मतदान भएको थियो। खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो। प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ। एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ। ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो। आजको कान्तिपुरमा खबर छ ।

монетизация спортивного сайтапушок Фокин

Leave a Reply

Your email address will not be published. Required fields are marked *