भाद्र २०, काठमाडौं ।
स्थानीय बजारमा एक सातामै हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ ।
स्थानीय बजारमा एक साताअघि ३५ रुपैया“ केजीमा पाइने तरकारीको भाउ यो साता सयको हाराहारीमा पुगेको छ । करेला, बोडी, भिन्डी, लौका, घिउसिमीलगायत हरियो तरकारीको मूल्य उच्च रुपमा बढेको छ । केही दिनअघि लगातार परेको झरीका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएसंगै आपूर्ति कम भएकाले मूल्य बढेको विक्रेताहरुको भनाइ छ । उनीहरुले वर्षाले सडक अवरुद्ध हु“दा गाडीमा लोड भएको तरकारीसमेत नष्ट भएर बाटोमै फाल्नु परेको बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैया“ रहेको घिरौंलाको मूल्य शनिवार प्रतिकिलो ५५ रुपैया“ कायम भएको छ । यसअघि २५ रुपैया“ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले ५५ रुपैया“ प्रतिकिलो पुगेको छ ।