काठमाडौं । बिप्लप निकट नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो ।

गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको अायोजना गरेको नेकपाले कोशी ब्यूरोले सहयोगको लागि सबैसँग अाग्रह गरेको छ ।

प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो ।

प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

виїзд в канаду на пмжgirl on live cam