जाजरकोट, जाजरकोटका बिद्यालयमा विश्व खाद्य कार्यक्रमले दिदै आएको चामलमा ढुसी लागेको फेला परेको छ । लिम्सा वितरण केन्द्रमा जनप्रतिनीधिका रोहवरमा ढुसी लागेर खानयोग्य नभएको एक बोरा चामल बिहीबार नष्ट गरिएको छ ।

विश्व खाद्य कार्यक्रमले शिक्षाका लागि खाद्य कार्यक्रम ईकाई जाजरकोट मार्फत २०५७ साल देखि जिल्लामा साविकका १८ वटा गाविसका झण्डै २ सय ३४ वटा विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । कार्यक्रम सञ्चालन भएका साविकका गाविसहरुमा खगेनकोट, रग्दा, भगवती, लहँ, डाडाँगाउँ, सक्ला, रामीडाँडा, नायकवाडाँ, रोकायगाउँ, ढिमे, पैंक, अर्छानी, टालेगाउँ, पजारु, गर्खाकोट, कोर्ताङ्ग, दह र मजकोट रहेका छन् ।

उक्त ठाउँका झण्डै २ सय ३४ वटा विद्यालयहरुका २८ हजार ९ सय ५६ विद्यार्थीहरुलाई पौष्टिक आहार वितरण गर्दै आएको कार्यक्रमले गत माघ महिना देखि फोट्री फाईट ९पोषणयुक्त० चामल वितरण गर्दै आएको छ ।

कार्यक्रमको दीर्घकालिन उदेश्य कुपोषणलाई न्युनिकरण गर्नु हो भने, बिद्यालय तहमा बिद्यार्थीहरुको संख्यालाई बृद्धी गर्नु अल्पकालिन उदेश्य हो । दैनिक एक जना विद्यार्थी बराबर ८० ग्राम चामल, २० ग्राम केराउ दाल, १० ग्राम रिफण्ट ९भेज० तेल, २ ग्राम आयोडिनयुक्त नुन दिनु पर्ने कार्यक्रमको प्रावधान रहेको छ ।

दिवाखाजा बितरण केन्द्र लिम्सामा गत फागुन १२ गते चामल वितरण गर्ने क्रममा ५० किलोको बोरामा भण्डै २५ किलो बराबरको चामलमा ढुसी देखा परेको बितरण केन्द्रका ईन्चार्ज सरोज वलीले जानकारी दिए । अमेरिकावाट नेपालका लागि इण्डियाको कल्कत्ता हुदै आईपुग्ने फोट्री फाईट ९पोषणयुक्त० चामल चिस्यानका कारण खानयोग्य नभएको हो ईन्चार्ज वलीले भने–‘ढुसी लागेको चामललाई नष्ट गर्नका लागि शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना, काठमाण्डौंवाट अनुमति लिनु पर्ने भएको हुदा अनुमति पाएपछि हामीले जनप्रतिनीधिको रोहवरमा आजनै नष्ट गरेका हौं ।’

बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा शाही, वडाअध्यक्ष द्धारिका प्रशाद वुढा, नेकपा ९माओवादी केन्द्र० का प्रतिनीधि नरबहादुर गिरी, विश्व खाद्य कार्यक्रमका स्टोरकिपर लक्ष्मण चौधरी, नेकपा ९एमाले० बारेकोट ईन्चार्ज बिष्णु पुन, कृषि प्राविधिक सहायक चक्रबहादुर भाँट, प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका प्रतिनीधि मेघबहादुर बस्नेत, स्थानीय रती शाहीको रोहवरमा विहीवार उक्त चामल नष्ट गरिएको ईन्चार्ज सरोज वलीले जानकारी दिए ।

उत्तल लिम्सा वितरण केन्द्रवाट बारेकोटका झण्डै २७ वटा विद्यालयमा दिवाखाजा वितरण गर्ने गरिएको छ । फोट्री फाईट ९पोषणयुक्त० चामलको आविस्कार तथा उत्पादन गर्ने देशहरुमा चिन, कम्वोडिया, बङगलादेश र अमेरिका हुन् ।погружной насос для скважиныsuperior pawn