भाद्र १४, काठमाडौं ।
आज गौरा पर्व, प्रदेश ७ मा गौरा पर्व हर्षोल्लासका साथ मनाइ“दैछ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउ“दैछन् । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भा“डामा विरुवा अर्थात ५ प्रकारको अन्न भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वको शुभकामना दिनुभएको छ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टु“डिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण घर घरमै पर्व मनाउने भएका छन् ।