भाद्र १३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ । विभागले कोभिड–१९ महामारीबाट सिर्जित प्रभाव दृष्टिगत गरी एक वर्षका लागि निःशुल्क नवीकरण हुने जनाएको हो । त्यस्तै, भदौ ११ गतेअघि नै इजाजतपत्रको नवीकरण गराइसकेका संस्थाको इजाजतपत्रको म्याद पनि एक वर्ष निःशुल्क थपिने विभागले जानकारी दिएको छ । विभागले विदेशी विनिमय कारोबार गर्ने निकायहरूका लागि एकीकृत परिपत्र २०७६ मा पनि केही संशोधन र केही व्यवस्था थप गरेको हो । विदेशी विनिमय कारोबारमा एक पटकमा तीन हजार पा“च सय अमेरिकी डलर मात्र सटही सुविधा हुुनेछ । यस्तो रकमसम्मको सीमाका लागि लाभग्राहीको बिजनेस क्रेडिबिलिटी इन्फरमेसन अनिवार्य नहुने पनि स्पष्ट पारेको छ । यसका लागि पनि आगामी चैत मसान्तसम्मका लागि बिजनेस क्रेडिबिलिटी इन्फरमेसन अनिवार्य गरिएको छैन । एक लाख अमेरिकी डलरभन्दा बढीको सटही सुविधामा भने स्वास्थ्य सेवा विभागको सिफारिस आवश्यक पर्नेछ । त्यस्तै वायुयान सेवा सञ्चालक संस्थालाई २५ हजार अमेरिकी डलरसम्मको सुविधा तोकिएको कागजपत्रका आधारमा उपलब्ध गराउन सकिनेछ ।