काठमाडौं, चैत्र ९ः डा. बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीको प्रदेश नम्वर ३ का जिल्ला तहको नेतृत्वमा ब्याापक फेरवदल गरेका छन । समाचार सुत्रको यो परिवर्तन आफ्नी छोरी मानुषी यमी भट्टराईलाई नेता बनाउनको लागि हो भन्ने दावी छ । चितवन जिल्लाको भरतपुरमा सम्पन्न उक्त पार्टीको प्रदेश नम्वर ३ स्तरीय विस्तारित बैठकले काठमाडौंको संयोजकमा मानुषी यमी भट्टराईलाई ल्याइएको छ । त्यस्तै, प्रदेश नम्वर ३ को राजधानीसमेत रहेको मकवानपुर जिल्लामा जीवनमान मोक्तानलाई संयोजक बनाएको नयाँ शक्ति पार्टीका प्रदेश नम्वर ३ का इन्चार्ज गंगानारायण श्रेष्ठले जानकारी दिएका छन ।

www webalta ruкастрюли купить