भाद्र ११, काठमाडौं ।
हिजोदेखि देशभरको अधिकांश स्थानमा लगातार वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक देशका सबै स्थानमा २४ घण्टादेखि निरन्तर पानी परिरहेको हो । कर्णाली र सुदूरपश्चिमका पनि एक दुई स्थानमा वर्षा भइरहेको छ । दिउ“सो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ.सहित भारी÷धेरै भारी वर्षा हुने सम्भावना छ । यस्तै आज राति धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । वर्षाका कारण कोशी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । त्यस्तै, कर्णाली, त्रिशूली, बूढीगण्डकी, मसर््याङ्दी, कालीगण्डकीलगायत नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ । तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा बस्ती डुबानमा पर्ने सम्भावना छ ।