एस्कारियासिस एउटा रोग हो जुन परजीवी गोलो जुका एस्कारिस लुम्ब्रिकोइडेुको कारणले हुने गर्दछ । यदि जुकाहरुको संख्या कम मात्रामा छ भने ८५प्रतीशत भन्दा बढि घटनाहरुमा संक्रमणका लक्षणहरु देखिँदैन्न र लक्षणहरु जुकाहरु संख्यासँगै बढ्दै जान्छ र सास फेर्न कठिनाई हुने र रोगको सुरुवाती अवस्थामा ज्वरो आउने जस्ता लक्षणहरु देखा पर्न सक्छन् रोगबाट प्रायः गरेर बालबालिकाहरु प्रभावित हुने गर्दछन् र यो उमेर समुहमा संक्रमण गर्दा कम मात्रामा तौल बढ्ने कुपोषण हुने र सिकाईमा समस्याहरु उत्पन्न हुने हुनसक्छ ।
यो संक्रमण दिसा पाइने नुकाका अण्डाहरु मिसिएको दुषित खाना खानाले तथा पानी पिउनाले हुने गर्दछ । अण्डाहरु ठुलो आन्द्रामा गएर कोरलिन्छन तिनीहरुको आन्द्रको भित्तामा ीवाल बनाउँछन् र रगतको माध्यबाट फोक्सोसम्म फैलिने गदृछ । त्यहाँ तिनिहरु वयुकोष्ठिका मा छिर्छन र श्वासनलीसम्म पुग्दछन् जहाँ तिनिहरु ख्कार वा थुकको माध्यबाट बाहिर निस्कन्छन् तथा तिनिहरुलाई निल्न पुगिन्छ । त्यसपछि लार्भाहरु पेटहुदै दोस्रो पटन ठुलो आन्द्रासम्म पग्दछन् जहाँ तिनिहरु व्यस्क जुका बन्न पुग्दछन् ।
उचित सरसफाई माध्यमबाट रोकथाम गर्न सकिन्छ जसा शौचालयमा पहुँच र दिसाको उचित व्यवस्थापन सुधार ल्याउनुपर्ने जस्ता कुराहरु पर्दछन् साबुन पानीले हात धुने गर्नाले पनि यसको रोकथाममा सहयोग पुग्दछ। २० प्रतीशत भन्दा बढि जनसङख्या प्रभावित भएका क्षेत्रहरुमा हरेक व्यक्त्तिको नियमित रुपमा उपार गर्न सिफरिस गरिन्छ संक्रमण दोहोरिनु सामान्य कुरा हो । यसको अहिलेसम्म कुनै पनि खोप बनेको छैन । विश्व स्वास्थ्य सङगठन दवारा सिफारिस गरिएका उपचारहरुमा एल्बेन्डजोल मेबेन्डाजोल लेभामिसोल वा पिरान्टेलपोमाओट औषधिहरुको सेवन पर्दछ अन्य प्रभावकारी औषधीहरु ट्रिबेन्डिमिडाइन र निटाजोक्सानाइड हुन् । विश्व भरि करिब करोड देखि एक अर्ब करोड मानिसहरु एस्कारियासिसबाट पिडित छन् यसबाट सबैभन्दा बढि प्रभावित मानिसहरु उप साहारा अफ्रिका, ल्याटिन अमेरिका र एसियामा छन् । यस एस्कारियासिस लाई माटोबाट प्रसारित हुने हेल्मिन्थियासिसको सबै भन्दा सामान्य स्वरुप भन्न सकिन्छ । यसबाट मृत्यु हुनेहरुको संख्या १९९० मा ३४०० जनाबाट २०१० सम्म करिब २७०० जनामा झरेको छ अर्को प्रकारको जुकाले सुँगुरहरुलाई संक्रिमितगर्दछ ।