नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा. लि.का ग्राहकहरुलाई TATA गाडिको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख श्री बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडीङ प्रा. लि.का बिक्री तथा प्रबर्धन महाप्रबन्धक श्री अनुप मनि काल बिच सम्पन्न भयो । उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत श्री विनोद कुमार ढुङगेलका साथै सिप्रदी ट्रेडिङ प्रा. लि.का अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।
यस बैंकले डड शाखा यक्स्टेन्सन काउन्रटर,  प्रादेशिक कार्यालय तथा  कर्पोरेट अफिसका साथै १२२ ATM बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।