भाद्र १० काठमाडौं ।
काठमाण्डौ उपत्यकाको फोहर अझै एक हप्ता नउठ्ने भएको छ । बञ्चरेडा“डामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सिसडोल पार गरेर मात्रै बञ्चरेडा“डा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयले जनाएको छ । सा“घुरो ठाउ“ तर लामो समयदेखि फोहर व्यवस्थापन गरि“दै आएको ठाउ“ सिसडोलमा व्यवस्थापन गरिएकाले फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडा“डामा गाडी जान सक्ने अवस्था छैन । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हु“दै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।