भाद्र ९, काठमाडौं ।
आज काठमाण्डौलगायत देशका धेरै स्थानमा पानी परिरहेको छ । प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । गण्डकी र लुम्बिनीका एक÷दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ ।