भाद्र ८, काठमाडौं ।
मनसुनी वायु सक्रिय रहेकाले केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रोल……
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाको भनाइ छ । अहिले प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको सक्रियतासंगै आइतबारदेखि नै देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको महाशाखाले जनाएको छ । मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म देशभर वर्षा हुने महाशाखाको भनाइ छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षासंगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ ।