मोदीले केपी ओलीलाई फोन गरेर भने– प्रधानमन्त्रीजी अग्रिम बधाई !

काठमाण्डु, ६ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै दिन नेपालका प्रमुख तीन दलका तीन शीर्ष नेतालाई टेलिफोन गरेका छन् ।

मोदीले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार फरक फरक समयमा टेलिफोन सम्वाद गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले मोदीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा प्रधानमन्त्री देउवालाई बधाई दिएको बताए । यस्तै ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिएका थिए ।

ओली प्रधानमन्त्री भएपछि नेपाल–भारतबीचको मित्रता थप बजबुत भएर जाने विश्वास मोदीले व्यक्त गरेको बालकोट स्रोतले बतायो ।

प्रचण्डलाई भने निर्वाचनमार्फत बाम गठबन्धनले बहुमत ल्याएकामा बधाई दिएको उनको निजी सचिवालयले जनाएको छ ।куплюexcelкупить готовый сайтреальнолобановский александр отзывыбатфорты