काठमाडौँ । नेपाली पासपोर्टधारीले विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सक्छन् । तिमध्ये केही देशमा भिसा लाग्ने भएपनि नेपाली पासपोर्टधारीले सो देशमा पुगेर भिसा (भिसा अन अराइभल) लिन सक्छन् ।

पासपोर्ट इण्डेक्स डट ओरजी (passportindex.org)का अनुसार नेपालले भिसा फ्रि इन्डेक्समा ३९ अंक प्राप्त गरेको छ । अर्थात नेपालको पासपोर्टमार्फत विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सकिन्छ । नेपालीले सिंगापुर, इण्डोनेशिया तथा फिलिपिन्स जस्ता देशहरुमा घुम्न जान चाहेमा भिसाको लागि कुनै चिन्ता गर्नु पर्दैन । र नेपाली नागरिकहरु यस्ता देशहरुमा निश्चित समयसम्म पर्यटकको रुपमा बस्न पाउँछन् ।

पासपोर्ट इण्डेक्स डट ओरजीमा नेपालले विना भिसा प्रवेश पाउने र भिसा चाहिने देशहरु सूचीकृत छ । सो वेबसाइटमा विश्वका सबै भिसाहरुको बारेमा जानकारी राखिएको छ । ३९ देशसँग विना भिसा प्रवेशको लागि नेपालले सहमति गरेको छ । भारतसँग भने खुल्ला सिमाका कारण स्वतन्त्र आवाज जावतको व्यवस्था छ ।

नेपाल पासपोर्ट सूचकमा ३९ अंकका साथ ८९ स्थानमा छ । सो सूचकमा सिंगापुर १६२ अंकका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको पनि १६२ अंक नै छ । त्यस्तै जर्मनी तेस्रो (१६१), जापान चौथो (१६१), डेनमार्क पाचौँ (१६०), स्वीडेन छैठौँ (१६०), फिनल्याण्ड सातौँ (१६०), इटाली आठौँ (१६०), फ्रान्स नवौँ (१६०) र स्पेन दशौँ स्थानमा छन् । यसैगरी चिन ६५ अंकका साथ ६५ औँ स्थानमा छ भने ५७ अंक पाएको भारत ७३ औँ स्थानमा छ ।

чугунная сковорода ценаhousehold expenses categories