काठमाण्डौ मुलुकभर गरी १८५ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल र १८८ एटिएमसहित मुलुककै सबैभन्दा बढी एटिएम सञ्जाल भएको यस  बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ । 
 यो योजनामा ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली खाता खोलेकै दिनमा ११  प्रतिशतको वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआइसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा पाउन सकिने अफर सार्वजनिक गरेको छ ।

मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाका लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्नसक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

साथै यस बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुुगिसकेको छ । 

ipsmsОлександр Фільчаков прокурор