भाद्र १, काठमाडौं ।
लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेस“गै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको थियो । बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।