काठमाडौं -प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच दूरी टाढा हुँदा फोरम सरकार भन्दा बहिर रहने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा गत चैत २ गते नै फोरमलाई सरकारमा लैजाने भनिए पनि त्यो सफल नभएपछि दूरी एकाएक टाढिएको हो ।

पछिल्लोसमय वार्ता समेत हुन सकेको छैन । फोरम सरकारमा जानेमा समेत अन्योल भएको छ, तर फोरमका एक नेता भने फोरमको सरकारमा जाने कुरा हल्लामात्र भएको बताउँछन् ।

फोरमका नेता तथा बामगठबन्धनसंग छलफल गर्न बनाइएको कार्यदलका सदस्य रामशहाय यादवले पछिल्लो समय वार्ता नभएको बताउँदै संविधान संशोधन लगायतका विषयमा सहमति नभएसम्म सरकारमा जाने हल्लामात्र भएको बताए ।oli-and-yadav-Tapaikokhabarफोराम सरकारमा सहभागी नहुनुको पछाडी भने केपी शर्मा ओलीको जिम्मेवारीमा रहेको बैठक र फोरमको मागको सम्बोधन गर्नु भए पनि उनले यसो गरीरहेका छ्रैनन् ।

साथै संघीय समाजवादी फोरमले केपी ओली नेत्तृत्वमा सहभागी हुने कुरामा कुनै तथ्य नरहेको र यो हल्लामात्र रहेको बताएकाछन् । फोरमका एक नेताका अनुसार सरकारको नेतृत्व गरिरहेका केपी ओलीले संविधान संशोधनको मुद्धालाई सम्बोधन गर्नको लागि लिखित सहमती नगरेसम्म आफुहरु सरकारमा नजाने बताएकाछन् ।

यसअघि तेस्रो चरणको मन्त्रिपरिषद विस्तारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँडको समेत कुरा मिलेको सूचना सार्वजनिक भएको थियो ।

wikiвиза центряндекс страиватьтуфли белые свадебныеФокин С А