८ चैत – कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो । भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ ।१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् ।

परीक्षा जेठ २६ र २७ गते हुनेछ । परीक्षाका लागि काठमाण्डु र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउँनेछन् ।

आवेदन शूल्क २४ डलर तोकिएको छ । सहभागी परीक्षार्थीमध्ये योपटक सात हजार १०० जनाको मेरिटमा पर्नेहरु रोजगारीमा कोरिया जानका लागि योग्य सूचीमा सामेल हुनेछन् ।

जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।миграция23правильныйэто.руwebcam live female