क्रान्तिको नेतृत्व गर्न सक्ने विप्लवजी मात्रै हो -गोपाल किराँति

पुनर्गठित माअाेवादी केन्द्रका संयाेजक गाेपाल किरातीले नेपालमा अब बाँकी क्रान्तिका कार्यभार पूरा गर्न नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे नेतृत्वमा मात्र संभव भएकाेले विप्लवकै नेतृत्वमा बृहत संयुक्त माेर्चा बनाउनु पर्ने बताएका छन् ।

प्रचण्ड र अाेली नामकाे संशाेधनवादीहरूकाे झुन्डले सिंगाे कम्युनिस्ट अान्दाेलनलार्इ फासिवादतिर लैजान खाेजिरहेकाे भन्दै नेता किरातीले अब सच्चा क्रान्तिकारीहरू एक ठाउँमा अाउनु पर्नेमा जाेड दिएका छन् ।

हामि सगको कुराकानीमा नेता किरातीले अलि लामाे तयारी गरेर अाेली  प्रचण्डकाे दक्षिणपन्थी संशाेधनवादलार्इ परास्त गर्नुपर्ने बताएका छन् ।

किरातीले केपी अाेलीलार्इ कम्युनिस्ट खाेल अाेढेकाे प्रतिक्रियावादी मानिस भनेका छन्।

भारतमा जनयुद्धबाट अाएका ज्याेती बसुहरूले कम्युनिस्टकाे नाम लिएर पश्चिम बंगालमा २० २५ वर्ष मुख्यमन्त्री खाएकाे तर पछि त्यहाँ मार्क्सवादीहरूकाे समेत बीउ सकिएकाे भन्दै किरातीले नेपालमा पनि प्रचण्ड र अाेली कम्पनीले त्यही गर्न खाेजेकाे बताएका छन् ।

визаtrans siberian railway tripsфри раныотправить смс на билайн через интернетшенген дешево

Leave a Reply

Your email address will not be published. Required fields are marked *