प्रधानमन्त्री-मुख्यमन्त्री छलफल : समस्यै समस्यामा प्रदेश

काठमाडौँ, ८ चैत — केन्द्र सरकारले प्रदेशका समस्या समाधानमा चासो देखाएको छ।प्रधानमन्त्री केपी ओलीले प्रदेशले भोग्नुपरेका समस्या, विकास आयोजना र कार्यसञ्चालनका प्रक्रियाबारे जानकारी लिने उद्देश्यले आयोजना गरेको छलफलमा प्रदेशका समस्या समाधानमा चासो लिएको हो। केन्द्र र प्रदेश सरकारबीच बुधबार ६ घण्टासम्म छलफल भएको थियो। छलफलमा प्रदेश मुख्यमन्त्रीले प्रदेशका समस्या राखेका थिए।

मुख्यमन्त्रीका समस्या सुनेपछि प्रधानमन्त्री ओलीले प्रदेशका समस्या समाधान गर्न केन्द्रले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, ५ का शंकर पोखरेल, ६ का महेन्द्रबहादुर शाही र ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अआफ्नाा प्रदेशका समस्या राखेका थिए।

नेपालको संविधानको धारा २३२ ले नै संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धबारे उल्लेख गरेको छ। सोही व्यवस्थाअनुसार बुधबार संघीय सरकार र प्रादेशिक सरकार प्रमुखबीच एकता र समन्वयको बाटो पहिल्याउने प्रयास गरिएको हो।

उनीहरूले संविधानअनुसार दुई सरकार सहकारिता, सहअस्तित्व र समन्वयमा सञ्चालन हुनुपर्ने आवश्यकता आंैल्याउँदै प्रदेशले भोग्नुपरेका समस्या समाधान गर्न माग गरेका थिए।

प्रदेश सरकार प्रमुखले मुलुकलाई समृद्धितर्फ डोहोर्‍याउन तयार रहेको सामूहिक उद्घोष पनि गरेका थिए।

सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशले पूर्वाधार, बजेट, जनशक्ति, कानुन निर्माण र नमुना कानुन अभावलगायत विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले केन्द्र सरकार र केन्द्रका मन्त्रीले प्रदेश सरकारसँग समन्वय नगरी काम गरेको आरोप लगाए। आजको अन्नपूर्णमा खबर
छ ।

международные грузоперевозки в европуallkharkov.uaотправка сообщениясайт визовый центр чехии в екатеринбурге338lm

Leave a Reply

Your email address will not be published. Required fields are marked *