देउवामाथि दबाब : काङ्ग्रेसमा एकैपटक ‘आक्रमण’ र ‘प्रतिरक्षा’ श्रृङ्खला

पछिल्लो समय पार्टीभित्र बल्झिएको किचलो व्यवस्थापनमा नेतृत्व पक्ष बेलैमा सचेत नभए पार्टी गम्भीर दुर्घटनामा पर्ने नेताहरुले नै बताउन थालेका छन् ।निर्वाचनअघि पार्टी एकढिक्का भएको भन्दै निर्वाचनमा होमिएका कांग्रेसका शीर्ष नेताहरुल सोचेअनुरुप चुनावको नतिजा नआएपछि एकपक्षले अर्को पक्षलाई दोषारोपण गर्ने र आफू पानीमाथिको ओभानो हुने प्रयासलाई पनि निरन्तरता दिन थालेका छन् । त्यसमा फरक समूहका नेताहरुबीच  लगातार ‘वाकयुद्ध’ नै चलिरहेको छ ।कांग्रेसभित्र यसअघि नै विकसित भएको तर, बीचमा निश्कृय जस्तै बनेको गुटगत समूह (शेरबहादुर देउवा समूह, कृष्ण सिटौला समूह र रामचन्द्र पौडेल समूह) अहिले हारको मुद्दा बोकेर फेरि सक्रिय बन्दै आ–आफ्ना पक्षका भेला, छलफल र रणनीति बनाउन सक्रिय छन् ।

ती भेला र छलफल खासगरी पार्टी सभापति एवम् कांग्रेस सभापति शेरबहादुर देउवा लक्षित रहने गरेका छन् ।

देउवा समर्थकले उनको बचाउ गर्ने रणनीति अख्तियारको नीति लिएका छन् भने विपक्षीले देउवामाथि आक्रमणको नीति बनाइरहेको छन् ।

जसमा देउवाको राजीनामा, विशेष महाधिवेशन, संसदीय दलको नेता परिवर्तन लगायतका मुद्दालाई प्रमुख विषय बनाइएको छ ।

बिहीबार विहान देउवा पक्षका बालकृष्ण खाड, ज्ञानेन्द्र बहादुर कार्कीसहितका नेताहरुको गोप्य बैठक बसेर ‘देउवा बचाउ’ अभियान सशक्त पार्ने निर्णय भएको एक नेताले रातोपार्टीलाई बताए ।

त्यस्तै देउवाका विपक्षमा रहेको अर्को समूहले नेता एनपी साउद लगायतसँग भेट गरेर देउवा खेमा विरोधी अभियानलाई साथ दिन आग्रह गरेका थिए ।

यसअघि हिजो पनि देउवा समूह र अर्का नेता कृष्ण सिटौला समूहको राजधानीमा छुट्टाछुट्टै भेला बसेर देउवाको पक्ष र विपक्षमा उभिने निर्णय भए । यसअघि देउवालाई चुनौती दिँदै आएको रामचन्द्र पौडेल समुह भने अहिले सिटौला समूहसँगको सहकार्यमा अघि बढेको देखिएको छ ।

के हो विवादको चुरो ?
कांग्रेस महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएलगत्तैबाट कांग्रेसमा पुरानो कोइराला समूहको नेतृत्व गरेका रामचन्द्र पौडेल केन्द्रीय समिति विस्तारदेखि सांगठानिक काममा देउवाले गरेको कामप्रति सन्तुष्ट बन्न सकेको थिएनन् । त्यसपछि देउवा सरकारमा जाने निश्चित भयो । यसमा पौडेल समूहले आफ्ना समूहका नेता मन्त्री नबनाएर देउवालाई प्रधानमन्त्रीको सपथ नै खान नदिने सम्मको योजनामा लाग्यो ।

देउवाले पौडेल समूह असन्तुष्ट बनेको थाहा पाएपछि पौडेल समूहका केही मन्त्रीलाई समेत सँगै सपथ खुवाउने सर्तमा त्यसवेलाको विवाद केही मत्थर भयो । तर, त्यसको तुष नेताहरुमा मेटिएन ।

जब निर्वाचनमा टिकट वितरणको बेला भयो फेरि समूहगत झगडा बल्झियो । त्यसमा पनि नेताहरुले लेनदेनका आधारमा कुरा मिलाए र कांग्रेस एक ढिक्का भएर चुनावमा होमियो भनेर नेताहरुले सार्वजनिक रुपमै घोषणा गरे । तर, त्यो घोषणा निर्वाचनको नतिजा नआउँदासम्ममात्रै कायम भयो ।

८५ को दाबी आयो २३
मंसिर १० र २१ मा भएको निर्वाचनमा कांग्रेसले ८० देखि ८५ निर्वाचन क्षेत्र जित्ने पुर्वअनुमान गरेको थियो । त्यसैअनुसार टिकट वितरण र चुनावी रणनीति बनाएको कांग्रेको नतिजा भने त्यसको ठिक विपरित आयो  । अर्थात प्रतिनिधि सभामा ८५ सिट जित्ने दावी गरेको कांग्रेस झण्डै एक चौथाई (२३ सिट)मा चित्त बुझाउन बाध्य बन्यो ।

बाम गठबन्धनले कांग्रेसको उक्त योजना पूर्णत असफल बनाइदिएन मात्रै शीर्ष र प्रभावशाली भनिने नेताहरुलाई नै संसदबाट ‘रिङ आउट’ गराइदियो ।

नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा. रामशरणमहत जस्ता हस्ती मानिने नेताहरु नै पराजित भएपछि कांग्रेसभित्र आक्रोशको ज्वारभाटा नै पैदा भयो । निर्वाचन हार्नुमा नेतृत्वले प्रमुख कारण बामगठन्धन र सहायक कारणमा नेताकार्यकर्ताबीचकै घातअन्र्तघात, अराजकता र गुटबन्दी रहेको भन्ने गरेपनि समग्र कांग्रेसजन भने नेतृत्वको असक्षमतालाई नै प्रमुख कारण भएको ठान्न थालेका छन् ।

देउवाको राजीनामा कि विशेष महाधिवेशन ?
मंसिर २२ पछि निर्वाचनको नतिजा आउने क्रम जारी थियो । त्यहि बेलामा नतिजा कांग्रेसको अपेक्षा र दावी विपरित बाम गठबन्धनका उम्मेदवारहरु धमाधम विजयी हुन थाले ।

यसपछि कांग्रेस नेता तथा कार्यकर्तामा स्वभाविक छटपटि सुरु भयो । निर्वाचन परिणाम अन्तिम अवस्थामा पुगेपछि कतिपय नेता तथा कार्यकर्ताहरुले नेतृत्वको गलत रणनीति, कार्यशैलीका कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै प्रतिकृयाहरु दिन थाले । यसक्रममा नेता प्रकाशमानसिंह र गगन थापा अगाडि थिए । पछि रामचन्द्र पौडेल, कृष्ण सिटौला, धनराज गुरुङ, प्रदिप पौडेललगायतका नेताहरु थपिदै गए । उनीहरुले सभापति देउवाकै कारण पाटीले हारेको र उनले नैतिक जिम्मेवारी लिएर राजीनामा गर्नुपर्नेसम्मको अभिव्यक्तिहरु दिन थाले ।

तर, देउवा टसको मस भएनन् बरु, आफ्ना पक्षाका युवा नेताहरुलाई आफ्नो बचाउमा लाग्न निर्देशन दिए । त्यहि निर्देशनअनुसार बुधबार पार्टीका भातृसंगठनका देउवापक्षिय नेताहरुको गोप्य भेला नै भयो ।

उक्त भेलाले देउवाको राजीनमा त के विशेष महाधिबेसन पनि आवश्यक नरहेको ठहर गर्यो । त्यसैदिन सिटौला र पौडेल समूहको छुट्टै बैठक बसेर संसदीय दलको नेताबाट देउवालाई हटाएर गगन थापालाई अघि सार्ने निर्णय नै गरियो । यो बैठकमा नेताहरु चन्द्रभण्डारी, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, उमेशजंग रायमाझी, रामहरी खतिवडा लगायत सहभागि थिए ।

असन्तुष्टलाई देउवाको जवाफ
निर्वाचन परिणाम आइसक्दा पनि कांङग्रेस पार्टीले निर्वाचनको समिक्षा गर्न ढिलाइ गरेको भन्दै केही नेता तथा कार्यकर्ता  बिहीबार विहान बालुवाटर पुगेर सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

सरकारका मन्त्री, विभिन्न भातृसंगठनका अध्यक्ष, महासमिति सदस्य, पार्टी केन्द्रीय सदस्य लगायतको टोली बिहान ११ बजे बालुवाटर पुगेर पार्टीभित्र निर्वाचनको समिक्षा गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।

जवाफमा देउवाले टिकट वितरण गर्दा आफूले मात्रै नगरेको भन्दै रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्का सवैले मिलेर गरेकाले हारको जिम्मेवारी आफूले मात्रै लिन नसक्ने बताएको कांग्रेस नेता रामहरी खतिवडाले बताए ।

खतिवडाका अनुसार देउवाले आफैंमाथि मात्र दोष थोपर्ने काम भएको भन्दै त्यसो नगर्न र सामूहिक रुपमा चलेको कांग्रेस जिम्मेवारी पनि सामुहिक नै हुनुपर्ने बताएका थिए ।

त्यसक्रममा सभापति देउवाले तत्काल महाधिवेश बोलाउन असम्भव भएको संकेत गर्दै तत्काल केन्द्रीय समिति बैठक डाक्ने बताएका थिए ।

создание курсбрендавиза чехия воронеж ворошиловаонлайнносогубные складки этоmac киев официальный сайт