ईयूलाई सरकारको चेतावनी- ‘बोल्दा होस पुर्‍याऊ’  

काठमाडौँ, ८ चैत — सरकारले नेपालको आन्तरिक मामिलामा अनावश्यक बोलेको भन्दै युरोपियन युनियन ९ईयू० ले दिएको निर्वाचन पर्यवेक्षणसम्बन्धी अन्तिम प्रतिवेदनमा आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै ईयूले प्रतिवेदनमा दिएका अधिकांश सुझावप्रति असहमति प्रकट गर्दै प्रतिवेदन तत्काल सच्याउन आग्रह गरेको छ ।

निर्वाचन पयवेक्षणका लागि नेपाल आएको ईयूको निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरक्षणसम्बन्धी आरक्षण प्रणालीको प्रभाव समीक्षा गर्दै खसआर्यको आरक्षण खारेज गर्न सुझाइएको छ ।

प्रतिवेदनका अधिकांश बुँदा चित्तबुझो नरहेको परराष्ट्रको भनाइ छ ।मन्त्रालयले यस विषयमा बुझ्न ईयूका राजदूतलाई नै बोलाउने तयारी गरे पनि उक्त धारणा राजदूतभन्दा माथिल्लो तहबाट आएकाले वक्तव्य जारी गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

клоакингgoogleбрендасайт в dmozкисти для макияжа just

Leave a Reply

Your email address will not be published. Required fields are marked *