काठमाडौं चैत ७-एनआईसी एशिया बैंकले ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ। मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको बैंकले जानाएको छ।

उक्त खातामा निशुल्क भिसा डेविट कार्ड, क्रेडिट कार्ड,मोबाइल बैंकिङ सेवा,डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ। साथै मासिक औसत१० लाख रुपैंया भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने छ। खाता खोलि मोबाइल बैंकि¨ सेवा लिए पछि एनटिसी वा एनसेलको एकसय बराबरको रिचार्ज कार्ड समेत निशुल्क प्रदान गरिने छ । एक हजार न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई ५ लाख रुपैंया सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निशुल्क चेक जारी गर्न सकिने सुविधा छ ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सिमीत अबधी सम्म मात्र संञ्चालनमा रहने बैंकले जानाएको हो।

bitcoin криптовалюты биткоинвизыruлобановский александр фотосервис продвижения ссылокlaser aiming devices