७ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले जनयुद्ध ताका गिरिजाप्रसाद कोइरालासँग दैनिक एक घण्टा गफ हुने गरेको खुलासा गरेका छन् ।बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनलेजनयुद्ध ताका आफूहरु दैनिक एक डेड घण्टा गफ गर्ने गरेको बताए ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।

गिरिजाप्रसाद कोइराला कांग्रेस पार्टीको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक रहेको बताए ।

प्रचण्डले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा बोलाउन पनि आग्रह गरे ।

‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ’, उनले भने, ‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनु होला ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रूपमा निषेध भएको उल्लेख गर्दै तर शान्तिप्रक्रियामा ल्याउँदा भने हामीबीचको सम्बन्ध राम्रो भएको बताए ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पुर्याआउनुपर्ने बताए ।

‘जसरी कांग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गर्यौंन’, उनले भने, ‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्दछ ।’

अध्यक्ष दाहालले राजनीतिक रूपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको बताउँदै ‘सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रूपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ,’ भने ।googleбрендаsaint pétersbourgтехническое сопровождение сайтакак восстановить взломанную страницу вконтактесковородки цены