डा। केदार कार्र्की
वरिष्ठ पशु चिकित्सक सेवा निवृत्त प्रमुख, भेटेरिनरी जनस्वास्थ्य कार्यालय काठमाडौं त्रिपुरेश्वर
छिमेकी मुलुक चीनको वुहानबाट संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस ९ कोभिड १९० ले विश्वभर त्रासदीपूर्ण वातावरण छाएको छ भने यसका कारण कैयौं अन्तराष्ट्रिय हवाई उडान, सयौंको सङ्ख्यामा सभा, सेमिनार, सम्मेलन , पर्यटन प्रवर्दन, स्कुल कलेज लगायत व्यापारिक, औद्योगिक प्रतिष्ठानहरूलाई प्रभावित तुल्याएको छ । यहाँ चर्चा गर्न खोजिएको विषय कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने हो । यो रोग आनुवांशिक उत्परिवर्तनका कारणले खतरनाक बनेर गएको साथै चमेरो र सर्पको जिन फ्युजनका कारणले भएको बताइन्छ । कोरोना भाइरस अर्थात् कोरोना निमोनिया भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण भएको लक्षण सजिलै पत्ता लाग्ने भएकाले आत्तिई हाल्नुपर्ने अवस्था छैन । कोरोना भाइरसको सङ्भएका व्यक्तिमा सिँगान बग्ने कुराको ठीक उल्टो सुख्खा नाक हुने र सुख्खा खोकी लाग्ने हुन्छ । चीनका सेन्जेन हस्पिटलका निर्देशक जेन्सिङ्गका अनुसार वुहानबाट फैलिएको यो कोरोना भाइरस तापक्रम प्रतिरोधी छैन र २७ डिग्री सेल्यिसभन्दा माथिको तापक्रम सहन सक्दैन र मर्छ । त्यसकारण प्रशस्त मात्रामा तातो पानी खानको लागि उनले सुझाव दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि प्रशस्त तातो पानीलगायतका घरेलु औषधिहरू खान पनि उनले सुझाएका छन् ।
जति बढी आफ्नो शरीरको तापक्रम औसतमा कायम राख्ने प्रयत्न गरियो त्यति यसको सङ्क्रमणबाट जोगिन सकिन्छ । त्यसका लागि चीनका डाक्टरले बढी से बढी अदुवाको सेवन र शारीरिक कसरतमा जोड दिन भनेका छन् । अदुवाको सुप खा“दा शरीरको तापक्रम बढ्ने भएकोले कोरोना सङ्क्रमण हुन सक्दैन । अझ उनले त के पनि भनेका छन् भने यसो गर्ने हो भने कुनै पनि खोपको आवश्यकता पर्दैन । त्यसका अलावा पिरो खोर्सानी, लसुन र मरिचको सेवनलाई जोड दिन पनि भनेका छन् । अमिलो, तितो र गुलियो खानेकुरा कम खानु भन्ने उनको सुझाव रहेको छ । फ्रिजको चिसो पानी पिउनु र चिसो मौसम भएको स्थानतिर हिँडडुल गर्नुले कोरोना भाइरस सङ्क्रमणको डर हुन्छ । जब भाइरस सङ्क्रमण भएको क्षेत्रमा तापमान बढ्छ यो भाइरस स्वाट्टै हराउँछ ।
ती डाक्टरको सुझावलाई ध्यान दिने हो भने वास्तवमै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने अड्कल गर्न सकिन्छ । वास्तवमा विश्वभरि जहाँ जहाँ कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ त्यहाँ त्यहाँको तापक्रम चिसो भएको पाइएको छ । ती मुलुकहरूको तापक्रम कुनैमा १६ डिग्री सेल्सियस त कुनैमा ११ अनि कुनैमा ६ डिग्री सेल्सियसको तापक्रम रहेको छ जुन कोरोना भाइरस सङ्क्रमणका लागि उपुयुक्त मौसम हो । जोन हपकिन्स युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ अमेश अदाल्जा भन्छन् ‘भाइरसहरूको सङ्क्रमणका लागि केही निश्चि वातावरणीय अवस्था अनुकुल हुन्छ । त्यो भनेको चिसो मौसम र कम आद्र्रता हो । यस भनाइले के देखाउँछ भने भाइरसहरू पनि मौसमी हुन्छन् । ’
हावार्ड विश्वविद्यालयका महामारी रोग विषयका प्रोफेसर मार्क लिपस्टिचका अनुसार निश्चित अवस्थामा किन त्यस्ता भाइरसहरू बढी फैलिन्छन् भन्ने कुरा खोजीको विषय रहेको छ । उनका अनुसार किन गर्मी बढ्दै जा“दा त्यस्ता भाइरसहरू हराएर जान्छन् भन्ने सम्बन्धमा गरिएको अडकलबाजी के हो भने त्यस्तो मौसममा भिटामिन ‘डि’ को प्रचुरता बढी हुन्छ जसले प्रतिरोधात्मक क्षमता बढाउ“छ । र उच्च आद्र्रता हुने भएकाले भाइरसको सङ्क्रमणलाई शिथिल बनाउँछ ।
लिपस्टिचको भनाइलाई विश्वास गर्ने हो भने गर्मी मौसम बढ्दै छ र यो भाइरसको सङ्क्रमण शिथिल बन्दै जाने कुरामा विश्वास गर्न सकिन्छ । सार्स भाइरस पनि महामारीको रूपमा फैलिएको थियो र गर्मी मौसममा हराएर गएको थियो । यो सार्स भाइरस गर्मी मौसममा हराएर जानु अनौठो संयोग मात्र हो कि के हो ? भन्ने द्विविधामा रहेको कुरा मिन्नेसोटा विश्वविद्यालयका सङ्क्रामक रोग र नीति केन्द्रका प्रोफेसर माइकल ओस्टरहोल्मले उल्लेख गरेका छन् । तर, २०१२ मा खाडी मुलुकमा फैलिएको मर्स ९ःष्ममभि भ्बकत चभकउष्चबतयचथ कथलमचयmभ अयचयलबखष्चगक ९ःभ्च्क्(ऋयख्० भने ४० भन्दा माथिको तापक्रममा फैलिएकोले अरू कोरोना भाइरस जस्तो अवस्था ९उबततभचल० मा नफैलिएको उनले दाबी गरेबाट साँच्चै नै भाइरसहरू यही मौसममा फैलिने वा हराउने भन्ने नहुने रहेछ
कोरोना भाइरसका नयाँ प्रकारहरुले महामारीलाई लम्बेतान बनाइरहँदा मानिसहरुले प्रश्न गर्न थालेका छन्, कोभिड विरुद्धको खोप लगाएकालाई पनि संक्रमण भइरहेको छ भने हामीले किन लगाउनु ? तर संक्रामक रोग विशेषज्ञहरु भन्छन्, ‘खोप लगाएको केही महिनासम्म रोग प्रतिरोधात्मक क्षमता केही खस्किएजस्तो भएपनि त्यसपछिका दिनहरुमा खोपले प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएको हुन्छ ।’ हामीहरु नयाँ प्रकारहरुबाट सुरक्षित हुन्छौं, उनीहरुको तर्क छ, अस्पतालमा भर्ना हुनुपर्ने र मृत्यु हुने जस्ता जोखिमहरु आउँदैनन् । यद्यपि प्रश्न निकै पेचिलो छ,‘नेपालमा फैलिएको भनिएको भारतीय ‘डबल म्युटेशन’ भेरियन्टविरुद्ध कोरोना खोपले काम गर्छ ?’ युनिभर्सिटी अफ क्यालिफर्निया, सान फ्रान्सिस्कोकी सार्वजनिक स्वास्थ्य विज्ञ मोनिका गान्धीका अनुसार खोपले उत्पादन गर्ने इम्युनिटिले हालसम्म विश्वमा थाहा हुन आएका सबै प्रकारका कोभिड ‘भेरियन्ट’ विरुद्ध काम गर्न सक्छ । खोपका क्लिनिकल ट्रायलहरु र खोप लगाएपछि देखिएको संक्रमणको ‘ट्रेण्ड’ हेर्दा खोपले संक्रमणलाई रोक्न सक्ने र संक्रमण भएमा अस्पताल भर्ना हुनुपर्ने जोखिमहरु निकै घटाएको देखिन्छ । खोप लगाएकाहरुको मृत्युदर नलगाएकाहरुको भन्दा निकै कम हुने अध्ययनले देखाएका छन ।
यस्ता छन प्रमाणः
खोप विकास गरेको कम्पनी फाइजरले पछिल्लोपटक ४४ हजार जना मानिसहरुलाई एउटा अध्ययनमा संलग्न गराएको थियो । कोरोनाको बी।१।३५१ ९युके भेरियण्ट भनेर चिनिएका० सँग जुधिरहेका दक्षिण अफ्रिकाका संक्रमितहरुलाई समेत अध्ययनमा सामेल गरिएको थियो । अध्ययनको निष्कर्श थियो, गम्भीर रोग तथा मृत्यु हुन नदिन खोप सय प्रतिशत असरदार छ । ‘रियल वल्र्ड’ तथ्याङ्कले पनि युके भेरियण्ट विरुद्ध लगाइएका भ्याक्सिनहरु असरदार रहेको देखाएका छन् । कोरोनाका लक्षण देखापर्नबाट, अस्पतालमा भर्ना र मृत्यु हुनबाट रोक्न यो खोप ९७ प्रतिशत असरदार रहेको देखिएको छ । फाइजरमात्रै होइन, नेपाल र भारतमा लगाइएका एस्ट्राजेनेकाका कोभिशिल्ड र कोभ्याक्सिनहरुले नयाँ भेरियण्ट विरुद्ध आफ्नो प्रभावकारीता देखाइरहेका छन् । त् िबाहेक मोर्डना, जोनसोन एण्ड जोनसोन खोपहरु पनि नयाँ भेरियण्टलाई रोक्न सक्ने बताइएको छ । यस्ता अध्ययनबाहेक अधिकांश जनतालाई खोप लगाइसकेका देशहरुका अस्पतालबाट आएका तथ्याङ्क हेर्ने हो भने खोपको प्रभावकारिताबारे अझै प्रष्ट हुन्छ । युके र इजरायलमा हेर्नेहो भने कोरोना संक्रमण दर र अस्पताल भर्नाहुने दर ज्यामितिय रुपमा घटिरहेको छ, भलै नयाँ भेरियण्टहरु त्यहाँ अझै विद्यमान छन् । बुझ्नै पर्ने कुरा के हो भने कोभिडबाट हुने गम्भीर रोग र मृत्युबाट बच्नु छ भने कोराना खोप अहिले अस्त्र बनेर आएको छ ।
भारतमा देखिएको कोरोना भाइरस भेरियन्टबारे अहिले विश्वका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । तर, अहिले कोरोना भाइरसको यो नयाँ प्रकार कति पर सम्म फैलिएको छ भन्ने थाहा भइसकेको छैन । भारतमा उत्पात मच्चाइरहेको संक्रमणको दोस्रो लहरको कारण ‘डबल म्युटेशन’ भएको भनिएको कोरोनाको नयाँ प्रकार नै हो त भन्नेमा धेरै अध्ययनहरु भइरहेका छन ।
के हो भारतीय भेरियण्ट ?
भाइरसहरु जतिबेला पनि आफै म्युटेट९जीनमा उत्परिवर्तन० हुन सक्छन् । यस्ता धेरै म्युटेसनहरु त्यति महत्वका हुँदैनन्, केही म्युटेसनले त भाइरसलाई झनै कमजोर बनाइरहेका पनि हुन्छन् । तर, केही म्युटेसनहरु भने निकै संक्रामक हुन्छन् । खोपले पनि यी भाइरसविरुद्ध काम नगर्न सक्छन् । आधिकारीक रुपमा बी।१।६१७ भनेर चिनिएको भारतीय भेरियण्ट भनेर चिनिएको नयाँ म्युटेसन भारतमा गएको अक्टोबरमा पहिलोपटक देखिएको थियो ।
कति फैलिसकेको छ भन्ने बारेमा थाहा भइसकेको छैन किनभने भारतमा नमूना परिक्षण निकै सुस्त भइरहेको छ । भारतको महाराष्ट्र प्रान्तमा जनवरी र मार्च बीचमा संकलन गरिएका ३६१ वटा नमूनामा २२० वटामा नयाँ भेरिण्ट पत्ता लागेको थियो । जीआइएसएआईडी ग्लोबल डाटावेसका अनुसार हालसम्म विश्वका २१ देशहरुमा यो भेरियन्ट देखिएको छ ।
भारतमा दैनिक दुईलाख भन्दा धेरै कोरोना संक्रमितहरु थपिइरहेका छन् । कुनै कुनै दिनहरुमा तीनलाख पनि थपिएका छन् । पहिलो लहरमा एकै दिन सबैभन्दा धेरै थपिने संक्रमितको संख्या ९३ हजार थियो । मृत्यु दर पनि बढिरहेको छ । नेपालमा एकै सातामा १५ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण हुँदा ८१ जनाले ज्यान गुमाएका छन् । तर, यसको कारण भारतीय भेरियन्ट नै हो भनेर ठोकुवा गरिहाल्न सकिनेखालका अध्ययन भएका छैनन् ।
क्लिनिकल ट्रायलका आधारमा वैज्ञानिकहरुले यो भेरियन्ट विरुद्ध खोपले काम गर्छ यिा गर्दैन भनेर ठोकुवा गरिहाल्न सकेका छैनन् । भाइरोलोजिस्ट डा जेरेमी कामिलका अनुसार दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका भेरियण्टहरुसँग भारतीय भेरियन्ट मिल्दोजुल्दो छ । र, कोरोना विरुद्ध लड्नसक्ने एण्टिबडी– चाहे त्यो अघिल्लो पटकको संक्रमणबाट निर्माण भएको होस् या खोपबाट नै निर्माण भएको किन नहोस्–लाई यो म्युटेशनले छल्न सक्छ । ‘युके भेरियन्टभन्दा भारतीय भेरियन्ट बढि संक्रामक छ भन्नेमा मलाई शंका छ, तर हामी आत्तिनु हुँदैन,’ डा कामिलले बीबीसीसँग भनेका छन् । तर, खोप निर्माण र यसले गर्ने कामको सिद्धान्तमा आधारित रहेर धेरै वैज्ञानिकहरुले खोपले अहिलेका जुनसुकै नयाँ भेरियन्टविरुद्ध काम गर्ने बताइरहेका छन् । वैज्ञानिकहरुले भारतीय भेरियन्टको संक्रमणबाट आउन सक्ने गम्भीर जटिलताहरु रोक्नका लागि खोप निकै प्रभावकारी हुने बताएका छन् । यद्यपि, केही भेरियन्टहरुले अहिलेका खोपहरुलाई अपरिहार्य जित्नेछन् भनेर प्राध्यापक गुप्ता र उनका सहकर्मीहरुद्वारा नेचरमा प्रकाशित एउटा शोध पत्रमा दावी गरिएको छ । परिणामतः खोपको स्वरुप पनि भाइरस अनुसार परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
त्यैपनि, अहिले प्राप्त खोपहरुले भाइरसले निम्त्याउने रोगको जोखिम कम गर्न सक्छन् भन्नेमा विशेषज्ञहरुबीच मतभेद छैन । संक्रमण भइहालेमा पनि अहिलेका खोपहरुले मृत्यु हुनबाट जोगाउने अथवा अस्पताल भर्ना हुनबाट बचाउने डाक्टर कामिलको तर्क छ । उनले बीबीसीसँग भनेका छन्,‘कृपया तपाइले जुन खोप पाउनुहुन्छ त्यही लगाइहाल्नुहोस् । कुनै अर्को खोपको पर्खाइमा नबस्नुहोस् ।’