काठमाडौं चैत  अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको अध्यक्षमा राजेश मानन्धर निर्वाचित भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको निर्वाचनमा राजेश मानन्धरले अनिल गुरुङलाई ४ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन्। कुल ३० भोट मध्ये राजेशले १६ मत र अनिल गुरुङले १२ मत प्राप्त गरेका थिए। एक भोट खसेन भने एक भोट बदर भएको थियो।

यस्तै, तीन उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जनले समान १६ मत प्राप्त गरी विजयी भए। उनीहरुका निकटम् प्रतिद्वन्दी राजेश मास्के, विदुर कुमार विष्ट र मणि शाहले समान १३ मत प्राप्त गरे।खेलाडी संघका नवनिर्वाचित प्रतिनिधिहरुखेलाडी संघका नवनिर्वाचित प्रतिनिधिहरु

 त्यसैगरी सदस्यमा कमल श्रेष्ठ, हेमन गुरुङ, विमल बस्नेत, अन्जन विष्ट, विशाल राई, नवयुग श्रेष्ठ, बाबुकाजी धौवन्जर र दिनेश श्रेष्ठ विजयी भए। दिनेश श्रेष्ठ र वसन्त राज गुरुङले समान १५ मत प्राप्त गरेपछि गोलाप्रथामा दिनेश विजयी भएका हुन्। 

виза германиюяндекс подбор ключевых словРаботаkazan shoppingкак привезти товар из китаямужская туфли