१५ साउन,  आज नेपालमा खिर खाएर  साउन १५ खुशियाली साथ मनाइँदै छ । वर्षा ऋतुमा असार १५ मा दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीन समए देखिको नेपाली परम्परा रहिआएको छ।

साउनको अविरल बर्षा पर्ने समएको मौसममा तातो खिरले स्वास्थ्यकालागी राम्रो गर्ने भएकाले खिर खाने गरिएको मान्यता रहिआएको छ । दूधमा मरमसलालगायतका थरि  चिजबिज मिसाउदै बनाइने खिर स्वास्थ्यका लागी लाभदायक भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए ।

यो महिनामा गाउँघरतिर पनि खेतीपातीको काम सकिने समय हुन्छ । हराभरा जताततै बढी नै हुने हुनाले घाँस बढी पाइन्छ ।  धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, आफन्त , साथिभाइ घरमा बोलाएर खिर खाने चलन चलेको हो ।