चैत ७, २०७४ –संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कार्मचारीलाई बर्खास्त गर्ने बताएका छन् ।

मन्त्री पण्डितले सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई आउँदो आइतबारदेखि निजमति ऐन अनुसार कारबाही गरी वर्खास्त गर्ने चेतावनी दिएका हुन् ।

विराटनगर विमानस्थलमा वुधबार विहान सञ्चारकर्मीसंग मन्त्री पण्डितले भने ‘कर्मचारीलाई सेवा गर्नका लागि जहाँ तोकिएको छ त्यहा सेवा गर्नैपर्छ, नगर्नेहरु कारबाहीमा पर्छन् ।’Lalbabu-Pandit-tapaikokhabarउनले सरकारको तथ्याङ्क अनुसार अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र सरकारले तोकेको कार्य क्षेत्रमा हाजिर भएको बताए ।संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाशमार्फत सक्षम जनशक्तिलाई विदा दिने पक्षमा सरकार नभएको पण्डितले बताए ।

नयाँ कार्यक्षेत्रमा खटाएको कर्मचारीलाई पहिला काम गरिरहेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागीदार हुने चेतावनी दिए ।एक प्रश्नमा मन्त्री पण्डित अघिल्लो सरकारले गरेका कतिपय निर्णय आवेगपूर्ण र कानुन विपरीत भएकाले त्यस्ता निर्णय खारेज हुने बताए ।

ddos программыzachestnyibiznes.ruтехническийсделать шенгенскую визу в тюменидоставка из китая в украину ждof mossberg & sons