७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका प्रदेश प्रमुखसँग छलफल गर्दैछन् । छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्यमहान्याधिवक्तालाई काठमाडौं   बोलाइएको छ ।प्रदेश सरकार सञ्चालनमा देखिएका कानुनी र प्राविधिक समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा प्रधानमन्त्री ओलीले प्रदेशप्रमुखसँग छलफल गर्न लागेका उनको निजी सचिवालयले जनाएको छ ।

प्रदेश सरकारलाई बलियो बनाउन केन्द्रबाटै पहल लिने उद्देश्यले प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाण्डु बोलाएका हुन् । छलफल विहान ११ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु हुँदैछ ।

प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभाव चर्को समस्याको रुपमा देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रदेश सरकारले बनाउनुपर्ने कानुनबारे समेत अन्यौल उत्पन्न भइरहेका बेला बैठक बस्न लागेको हो । कानुन नहुँदा प्रदेश सरकारले आवश्यक काम अघि वढाउन सकेको छैन । कानुनी र प्राविधिक बाधाका कारण प्रदेश सरकार अलमलमा छन्finances appsечные купитьпиар компанияимидж компаниистоловая посуда спбтиц